Banijya News

रिलायबल नेपाल लाइफको २ लाख बढी संस्थापक शेयर बिक्रीमा

1
1.0K Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीको संस्थापक समूहको २ लाख २ हजार ७९८ कित्ता शेयर बिक्रीमा राखिएको हो ।

हाललाई यो शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र निवेदन दिनुपर्ने छ । यो अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले कम्पनीको शेयर रजिस्ट्रार रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलको काठमाडौंको बालुवाटारस्थित कार्यालयमा वा कम्पनीको काठमाडौंको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

1

Scroll to Top