Banijya News

गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

1
1.0K Shares

गरिमा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्‌ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ६ अर्ब दुई करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँको करसहित १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२।८३ को कायम रहेको सञ्चित मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिने जनाएको छ ।

1

Scroll to Top