Banijya News

लघु निर्जीवन बीमकद्वारा सात करोड ३१ लाख बीमाशुल्क आर्जन

1
1.1K Shares

हाल सञ्चालनमा रहेका चारवटा लघु निर्जीवन बीमा कम्पनीहरूले ७ करोड ३१ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् । यी चार संस्थाले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो महिना साउनमा मात्रै उक्त बीमाशुृल्क आर्जन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, यी कम्पनीहरुले २५ हजार ८ वटा बीमा पोलिसी जारी गरी उक्त बीमाशुल्क संकलन गरेका हुन् ।

चार संस्थामध्ये सबैभन्दा धेरै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २ करोड २६ लाख ६४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सले १ करोड ७८ लाख ८९ हजार रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले १ करोड ७६ लाख ८० हजार रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १ करोड ४९ लाख ८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

1

Scroll to Top