Banijya News

सोनापुर मिनरल्सको १.८४ करोड कित्ता सेयरको लक–इन अवधि खुल्दै

1
1.1K Shares

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको संस्थापक सेयरधनी तथा कर्मचारीको स्वामित्वमा रहेको सेयरको लक–इन अवधि असोज महिनामा सकिँदैछ ।
नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता सेयरमध्ये संस्थापक सेयरधनी र कर्मचारीको स्वामित्वमा रहेको शेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।

कम्पनीका अनुसार, संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ करोड ८४ लाख ५० हजार ३०० कित्ता सेयर तथा कर्मचारीहरूलाई सुरक्षित गरिएको १९ हजार ५०० कित्ता सेयर लक–इनमा रहेका छन् । उक्त सेयरहरूको लक–इन अवधि असोज २३ गतेपछि समाप्त हुने कम्पनीले जनाएको छ ।

कम्पनीले लक–इन अवधि समाप्त भएपछि सम्बन्धित सेयरधनीहरूलाई प्रचलित कानून तथा नियामकीय व्यवस्थाबमोजिम शेयर कारोबार गर्न सकिने जानकारी गराएको छ । त्यस्तै, कम्पनीले सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार सेयर रोक्का रहने व्यवस्था कायम रहने स्पष्ट पारेको छ ।

1

Scroll to Top