Banijya News

नेप्से र कारोबार रकममा दुवैमा गिरावट

1
1.0K Shares

नेप्से परिसूचक आज बिहीबार दोहोरो अंकले घटेर बन्द भएको छ । हिजो बुधबार ऋणात्मक भएर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज विहीबार नेप्से परिसूचक १३.८५ अंक घटेर २५३१.५५ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८० अंक घटेको छ ।

आज पनि १३ वटै उपसमूहका परिसूचक घटेका छन् । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.१४ प्रतिशत घटेको छ । त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्ब १९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज विहीबार ४ अर्ब ९ लाख ७१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबार भएकामध्ये लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ३२ रुपयाँ १० पैसा बढेर २४६ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, दोल्ती पावर कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढेको छ । तर, कारोबारमा आएको सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १४.९८ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४५ करोड ४८ लाख ८८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १९ करोड रुपैयाँ नाघेको छ ।

1

Scroll to Top