Banijya News

नेपाल एसबीआई बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड ३१ लाख सहयोग

1
1.1K Shares

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल एसबीआई बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गतको रकमसँगै कर्मचारीहरूको स्वेच्छिक योगदान समेटेर उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।

उक्त रकमको चेक नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। बैंकका अनुसार भोटेकोशी बाढीबाट प्रभावित नागरिक तथा समुदायलाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको हो।

नेपाल एसबीआई बैंकले प्राकृतिक विपत्तिका बेला प्रभावित समुदायको साथमा उभिँदै राहत, पुनःस्थापना र पुनर्निर्माणका प्रयासमा निरन्तर सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

 

1

Scroll to Top