Banijya News

बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय पठाउन सुरु

1
1.1K Shares

रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ । भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको हो ।

काठमाडौँ महानगरपालिका (कामपाका) कार्यवाहक प्रमुख सुनिता डंगोलले वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्ने भएकाले उनीहरूसँग आत्मीय व्यवहार गरी पढाउन आग्रह गरिन् ।

नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य, जनप्रतिनिधि, शिक्षा विभागका अधिकारी विद्यालय पुगेका थिए ।

उक्त विद्यालयमा पढ्ने विद्यार्थीमध्ये केहीका बुबाआमा हुनुहुन्न । केहीका बुवा आमामध्ये एक जना हुनुहुन्न । कसैका दुवै हुनुहुन्न । विद्यार्थीका लागि कोशिस नेपालले झोला र पोशाकको व्यवस्थाका साथै मनोसामाजिक परामर्श प्रदान गरेको छ । आश्रयस्थलबाट विद्यालयसम्म ल्याउन र पुर्‍याउन एलआरआई स्कुलले सवारीसाधन उपलब्ध गराएको छ ।

विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठले गहिरो चिन्तामा परेका विद्यार्थीलाई बल गराएर आउनै पर्छ भन्ने होइन । परामर्शबाट बिस्तारै सामान्य अवस्थामा ल्याउने प्रयास भइरहेको बताएका छन् ।

1

Scroll to Top