एनएमबि बैंकले आफ्नो संस्थापक शेयरधनी कमल सिं भाटको नाममा रहेको २४ हजार १५५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
शेयर खरिद–बिक्रीमा बैंकका विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकाले हाल बैंकले इच्छुक संस्थापक शेयरधनीका लागि सूचना जारी गरेको हो । इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन प्राप्त भएमा खरिदकर्ता र बिक्रीकर्ताबीचको आपसी सहमतिमा शेयर खरिद–बिक्री गरिने बैंकले जनाएको छ ।
तर, उक्त अवधिमा कुनै निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्यक्ति वा संस्थालाई संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।


