Banijya News

संविधान दिवसमा टेलिकमको विशेष अफर, के–के छन् योजना ?

1
1.0K Shares

संविधान दिवस २०८३ को अवसरमा नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डेटा अफर सार्वजनिक गरेको छ ।

कम्पनीले ‘संविधान दिवस अफर २०८३’ अन्तर्गत अनलिमिटेड लाइट ४९९ र अनलिमिटेड प्रो ६९९ गरी दुई प्रकारका डेटा प्याकेज उपलब्ध गराउने जनाएको छ ।
अनलिमिटेड लाइट ४९९ प्याकेज ४९९ रुपैयाँमा उपलब्ध हुनेछ । यसअन्तर्गत ग्राहकले ३० दिनसम्म दैनिक ५ जीबी डेटा प्रयोग गर्न पाउनेछन् । दैनिक ५ जीबीको सीमा सकिएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा चलाउन सकिनेछ ।

यस्तै, बढी डेटा प्रयोग गर्ने ग्राहकका लागि अनलिमिटेड प्रो ६९९ प्याकेज ल्याइएको छ । ६९९ रुपैयाँमा उपलब्ध हुने यो प्याकेजअन्तर्गत ३० दिनसम्म दैनिक १० जीबी डेटा पाइनेछ । दैनिक १० जीबीको सीमा सकिएपछि पनि ग्राहकले ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा चलाउन सक्नेछन् ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताका हकमा प्याकेजमै रेन्टल चार्जसमेत समावेश गरिएको छ । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिन खरिद गर्न सकिनेछ । अफर लिन ग्राहकले आफ्नो मोबाइलबाट ८१४१५८११३ डायल गर्न वा नेपाल टेलिकम एप प्रयोग गर्न सक्नेछन् ।

1

Scroll to Top