Banijya News

हिमलुङमा थप चार शव फेला, ज्यान गुमाउने पुगे ११ जना

1
1.0K Shares

मनाङको हिमलुङ हिमाल हिमपहिरोमा बेपत्तामध्ये थप चार जनाको शव फेला परेको छ । हराइरहेकाहरूको खोजीमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन टोलीले आज विहीबार चार शव फेला पारेको जनाएको छ ।

आज पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी तथा उद्धारको काम जारी राखेको थियो । आज थप चार शव भेटिएसँगै हिमलुङ हिमपहिरोमा ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको छ ।

असोज ९ देखि प्रतिकूल बनेको मौसमले यस हिमालमा हिम पहिरो निम्त्याएको थियो । हिमलुङको आधार शिविरमा आएको हिमपहिरोमा कुल १६ जना बेपत्ता भएकोमा ११ जनाको शव भेटिएको छ । अझै पाँच जना बेपत्ता छन् ।

1

Scroll to Top