Banijya News

हिम पर्वत हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति

1
1.0K Shares

नेपाल धितोपत्र बोर्डले लामो समयपछि हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई साधारण शेयर (आईपीओ) निष्काशनको अनुमति दिएको छ । बोर्डको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीलाई ५९ करोड १५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न स्वीकृति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख १५ हजार कित्ता साधारण शेयर निष्काशन गर्नेछ । आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनका लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धकको भूमिकामा रहेको छ ।

हिम पर्वत हाइड्रोपावरले २०८१ मंसिर ५ गते आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो । लामो समयदेखि प्रक्रियामा रहेको कम्पनीको आईपीओलाई बोर्डले आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु गरिसकेको र कम्पनीको नेटवर्थ प्रतिशेयर १०० रुपैयाँभन्दा माथि रहेको आधारमा अनुमति दिएको हो ।

हिम पर्वत हाइड्रोपावरले दोलखाको बिगु गाउँपालिकामा गरी कुल २५.५ मेगावाट क्षमताका दुई जलविद्युत आयोजना सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार ५.५ मेगावाट क्षमताको सागु खोला–१ जलविद्युत आयोजना र २० मेगावाट क्षमताको सागु खोला जलविद्युत आयोजना कम्पनीका प्रमुख आयोजना हुन् ।

1

Scroll to Top