Banijya News

सन नेपाल लाइफको ५२ हजार ८२७ कित्ता संस्थापक सेयर बिक्रीमा

1
1.0K Shares

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५२ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । ३५ दिने सूचना प्रकाशित गर्दै कम्पनीले संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५२ हजार ८२७ कित्ता संस्थापक सेयर बिक्री गर्न कम्पनीसमक्ष निवेदन दिएको जनाएको हो ।

कम्पनीका अनुसार बीमकको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ बमोजिम बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ । सोहीअनुसार हाल कायम संस्थापक सेयरधनीलाई प्राथमिकता दिई उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय, पुतलीसडक, काठमाडौंमा निवेदन दिन आग्रह गरिएको छ ।

कम्पनीले तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन नपरेमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने सम्बन्धमा आवश्यक कारबाही अघि बढाइने जनाएको छ ।

1

Scroll to Top