दसैंको पहिलो दिन आज घटस्थापनाका दिन सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य आइतबार तोलामा ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन २ लाख ९५ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै, आइतबार चाँदीको भाउ ३५ रुपैयाँ बढेको छ । चाँदीको भाउ अघिल्लो दिन ४ हजार ४०५ रुपैयाँ रहेकोमा आइतबार ४ हजार ४४० रुपैयाँ पुगेको छ ।


