Banijya News

आरबिबि मर्चेन्ट बैंकिङको २० प्रतिशत नगद लाभांश पारित

1
1.0K Shares

आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडद्वारा प्रस्ताव गरिएको २० प्रतिशत नगद लाभांश पारित भएको छ । बैंकको एघारौँ वार्षिक साधारणसभाले चुक्तापुँजीको २० प्रतिशत अर्थात् करसहित चार करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकको शतप्रतिशत लगानी रहेको कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले यसअघि २० करोड रुपैयाँ चुक्तापुँजीको आधारमा लाभांश प्रस्ताव गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयस्थित सभाहलमा सम्पन्न सभामा कम्पनीका अध्यक्ष विनयरमण पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कम्पनीका अनुसार सभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने निर्णयसमेत गरेको छ । नवनियुक्त सञ्चालकहरूको नियुक्ति पनि अनुमोदन गरिएको छ ।

सभामा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत निम्बल श्रेष्ठले शतप्रतिशत शेयरको प्रतिनिधित्व गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

आरबिबि मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि आरबिबि म्युचुअल फन्ड–१ ले २.७५ प्रतिशत र आरबिबि म्युचुअल फन्ड–२ ले ६ प्रतिशत नगद प्रतिफल वितरण गरेका छन् । यी योजनाको प्रतिफल कम्पनीका शेयरधनीका लागि पारित २० प्रतिशत नगद लाभांशभन्दा छुट्टै हो ।

1

Scroll to Top