नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर २०१ रुपैयाँ २६ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७ पैसा तोकिएको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९८ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९५ पैसा रहेको छ ।
यसैगरी साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १२ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा रहेको बैंकले जनाएको छ ।


