Banijya News

माछापुच्छ्रे बैंकको प्रायोजनमा पोखरामा दौड आयोजना हुने

1
1.0K Shares

माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा पोखरामा आगामी मंसिर २६ गते ‘माछापुच्छ्रे दौड २०२६’ आयोजना हुने भएको छ । नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले प्रतियोगिताको आयोजक हिमालयन ट्रेल रनिङसँग सहकार्य गरेको हो ।

प्रतियोगितामा ५, १२, २१ र ४२ किलोमिटर गरी चार विधामा प्रतिस्पर्धा हुनेछ । आयोजकले आफ्नो वेबसाइटमा पनि यी चार दूरीका दौड समावेश गरेको छ। १२ किलोमिटरको दौड कर्पोरेट विधाका रूपमा राखिएको छ । सहभागीले आफ्नो क्षमता र रुचिअनुसार उपयुक्त विधा छनोट गर्न सक्नेछन् । इच्छुक धावकले आयोजकको आधिकारिक वेबसाइट मार्फत विधा छनोट गरी अनलाइन दर्ता गर्न सक्ने जनाइएको छ ।

प्रतियोगिताले स्वस्थ जीवनशैली प्रवद्र्धन गर्नुका साथै पोखराको साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुर्‍याउने बैंकको अपेक्षा छ ।

व्यस्त जीवनशैली र शारीरिक निष्क्रियताका बीच नियमित व्यायाम तथा खेलकुदको महत्त्वबारे जनचेतना बढाउन प्रतियोगितामा सहकार्य गरिएको बैंकले जनाएको छ ।

1

Scroll to Top