Banijya News

सुनचाँदीको मूल्य निरन्तर घट्दै, कति पुग्यो प्रतितोला ?

1
1.0K Shares

नेपाली बजारमा आज आइतबार पनि सुनचाँदीको मूल्य घटेको छ । पछिल्ला केही दिनयता निरन्तर घट्दै गएको सुनको मूल्य आज प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर आज आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।

1

Scroll to Top