Banijya News

लाभांश पारित गर्न आरएसडीसी लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्‌वान

1
1.0K Shares

आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले आउँदो पुस ३ गते रुपन्देहीको बुटवलमा वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ ।

सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँको कुल ९.४० प्रतिशतले हुन आउने ९ करोड ७२ लाख २ हजार ५५.२० रुपैयाँबराबरको नगद लाभांश (करसहित) पारित गर्नेछ ।

सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखारीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

1

Scroll to Top