Banijya News

अपि पावरको शेयरमूल्य समायोजन

1
1.0K Shares

नेपाल स्टक एक्सचेञ्जमा अपि पावरको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । मूल्य समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३१६ रुपैयाँ १९ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ३३२ रुपैयाँमाका आधारमा मूल्य समायोजन गरेको हो ।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

1

Scroll to Top