एनआईसी एशिया बैंकले बाजुरा जिल्लाको एक दुर्गम विद्यालयका विद्यार्थीलाई पोसाक सहयोग गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बाजुराको हिमाली गाउँपालिका–७, बाँधुस्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई सहज बनाउने उद्देश्यले विद्यालय पोसाक उपलब्ध गराएको हो ।
दुर्गम क्षेत्रमा अवस्थित उक्त विद्यालयमा १२७ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । मंसिर ४ गते आयोजित विशेष कार्यक्रममा बैंकको बाजुरा शाखाका शाखा प्रमुख रामबहादुर बुढाले विद्यालयका प्रधानाध्यापक मोहनजंग शाहीलाई विद्यार्थीहरूका लागि पोसाक हस्तान्तरण गरेका थिए ।
बैंकले उपलब्ध गराएको सहयोगबाट विद्यार्थीहरूको पठनपाठनमा सहजता आउनुका साथै गुणस्तरीय शिक्षामा उनीहरूको पहुँच विस्तार गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।


