May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

दुई महिनामा डेढ खर्ब राजस्व संकलन, सवा २ अर्व माथि खर्च

दुई महिनामा डेढ खर्ब राजस्व संकलन, सवा २ अर्व माथि खर्च

सरकारको ढुकुटीमा यतिखेर चाबी लागेको छ । सरकारले बजेट समयमा पास गर्न नसकेपछि बुधबारदेखि ढुकुटीमा चाबी लागेको हो । सरकारले कुनैपनि खर्च गर्न पाएको छैन् भने राजस्व संकलन भने बढदै गएको छ । संकलन हुने रकम बढदै जाँदा दुई महिनामा सरकारले चालु खर्च तर्फ ५८ अर्ब खर्च गरेको छ । सरकारले २ अर्ब ६ करोड विकास खर्चमा तथा वित्तीय व्यवस्थामा २८ अर्ब खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको हो ।

सरकारले दुई महिनाको अवधिमा डेढ खर्ब बढी राजस्व संकलन गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । महालेखाका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ खर्ब ६८ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ संकलन भएको विवरण सार्वजनिक गरेको हो । सरकारले बजेटको संशोधनमार्फत चालु आर्थिक वर्षमा १० खर्ब ५० अर्ब राजस्व संकलन हुने लक्ष्य राखेकोमा दुई महिनामा कर राजस्वअन्तर्गत एक खर्ब ४८ अर्ब तथा गैर कर राजस्व अन्तर्गत २० अर्ब रुपैयाँ राजस्व संकलन गरेको जनाएको हो ।

भदौ महिनामा मात्र ७५ अर्ब रुपैयाँ राजस्व संकलन भएको सरकारी तथ्यांक छ । साउन महिनामा ९३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो भने २ महिनामा उच्च आयातको कारण सरकारले लिएको लक्ष्य अनुसार राजस्व संकलन पूरा भएको हो ।

Advertisement