Banijya News

घुस प्रकरणमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई साढे आठ वर्ष कैद

1
1.0K Shares

घुस लिएको आरोपमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे आठ वर्ष कैद सजाय सुनाइएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ रहेको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको अभियोगमा पौडेललाई कैद सजाय तोकेको हो ।

अदालतले घुस दिएको अभियोग लागेका व्यवसायी दीपक आनन्दलाई पनि आठ वर्ष कैद सजाय हुने फैसला गरेको छ । साथै, सरकारी विशिष्ट श्रेणीको पदमा रहेर भ्रष्टाचार गरेको ठहर गर्दै पौडेलको सजायमा थप छ महिना कैद थप गरिएको छ ।

विशेष अदालतले बरामद रकम नभएको अवस्थालाई आधार बनाउँदै दुवै प्रतिवादीबाट बिगो कायम नगरेको जनाएको छ । तर, घुस कारोबारमा उल्लेख भएको तीन करोड आठ लाख रुपैयाँलाई दुई जनाबीच बराबर बाँडफाँट गरी प्रतिव्यक्ति एक करोड ५४ लाख रुपैयाँ जरिवानासमेत गरेको छ ।

1

Scroll to Top