May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

गुठी बिधेयक छिट्टै ल्याउछौं : मन्त्री अधिकारी

गुठी बिधेयक छिट्टै ल्याउछौं : मन्त्री अधिकारी

भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सरकारले छिट्टै गुठी बिधेयक ल्याउने गरी गृहकार्य सुरु गरेको बताएका छन् । गुठी बिधेयक मस्यौदा गर्न कार्यदल गठन गरेको भोलीपल्ट मन्त्री अधिकारीले कार्यदलका सदस्य र सरोकारवालाहरुबिचको अन्तरक्रिर्या कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

Advertisement

पुरानो कानुनमा भएका राम्रा कुरा अङ्गीकार गदैं परिर्वतीत समय र सबै समुदायको अपनत्व रहने गरी गुठी बिधेयक ल्याउनका लागि मन्त्रालयले छलफल सुरु गरेको जानकारी दिए ।

Advertisement

गुठी जग्गा जमिनको बिषय मात्र नभएर काठमाण्डौं उपत्यकाको हकमा नेवा समुदाय र अन्य देशभर आ—आफनो परम्परा र संस्कृतिसंग गुठी जोडिएकाले यसको स्थायी समाधान खोजिरहेको मन्त्री अधिकारीको भनाई छ । तत्कालका समस्या र दिर्घकालमा आइपर्ने समस्या समाधानका लागि सबै सरोकारवालासंग छलफल गरेर मस्यौदा लिएर आउन मन्त्री अधिकारीले निर्देशन दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव गोकर्णमणी दवाडीले एकिकृत गुठी बिधेयकले सबैको भावना समेट्ने बिश्वास ब्यक्त गरे । कार्यदलले सम्वन्धीत सरोकारवालासंग छलफल गरेर लिखित, मौखिक र स्थलगत अध्ययन गरेर मस्यौदा ल्याउने उनको भनाई छ ।

 

कार्यक्रममा गुठी संस्थानका गुठी प्रशासक एवं मस्यौदा कार्यदलका संयोजक किरण शाक्यले सबै समुदायको भावनाको प्रतिनिधित्व रहने र बिगतका कमीकमजोरी नदोहोरिने गरी नयाँ ऐनको मस्यौदा बनाउने धारणा राखे । २०७५ सालमा नेवा समुदायलेले गरेको गुठी आन्दोलनको मर्म र भावना अनुसार काम गर्ने र बढि भन्दा बढि सरोकारवालासंग कार्यदलले छलफल गर्ने योजना रहेको जानकारी गराए ।

उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमभक्त महर्जन र पुर्वमन्त्री केशवमान शाक्यले गुठी संस्थान स्वायत्त निकाय हुनु पर्ने र सबै समस्यालाई एकिकृतरुपमा सम्बोधन हुनुपर्ने बिचार राखे । पुरानो बिधेयक बनाउदा छलफल नभएकाले आन्दोलन भएकाले अव बनाउदा धर्म, संस्कृति र परम्परासंग गुठी जोड्नु पर्ने उनीहरुको भनाई छ ।