Banijya News

जीवन विकास लघुवित्त वित्तीय संस्थाको १४ प्रतिशत सेयर बोनसको घोषणा

1
1.1K Shares

जीवन विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत सेयर बोनसको घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट उक्त लाभांश वितरण गर्ने घोषण् गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७९÷८०को नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।

राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट लाभांश पारित भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले सार्वजनिक सूचनामार्फत जनाएको छ ।

 

1

Scroll to Top