तपाई तरकारी किन्न बजार जाँदै हुनुहुन्छ ? आजको तरकारीको मूल्य कती छ बुझेर जानुस् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार आज कुरिलो प्रतिकिलो १०५० रुपैयाँ तोकेको छ । त्यसैगरी सुकेको (भारतीय) प्याज किलोको १४५ रुपैयाँ रहेको छ ।
त्यस्तै, गोलभेँडा ठूलो ७० रुपैयाँ, भण्टा ४० रुपैयाँ किलो,हरियो खुर्सानी ४५ रुपैयाँ किलो निर्धारण गरिएको छ ।आलु रातोको ३६, आलु सेतोको ३०, भण्टा लाम्चोको ४०, स्कुसको १५, अनारको ३५० रुपैयाँ निर्धारण गरेको समितिले जनाएको छ ।
मूल्यसूची विस्तृतमाः


