Banijya News

भारतमा नेपाली चाउचाउ र बियर

1
1.2K Shares

०३ मंसिर २०७६ काठमाण्डौ । नेपालमा उत्पादित चाउचाउ र बियर भारततर्फ निकासी बढेको छ। विगतमा अदुवा, सुठो, अम्लिसो, रद्दि कागज, सिसाबोतल जस्ता कवाडी सामान तारपिन तेल, कत्था, प्लास्टिक बोरा धागो जस्ता वस्तु निकासी हँुदै आएको थियो।

भैरहवास्थित बेलहिया नाकाबाट अहिले चाउचाउ र बियरसमेत निकासी हुन थालेको छ। निर्यात बढ्दै गएको निकासीकर्ताले बताएका छन्। भैरहवा नाका हँुदै विभिन्न ३९ वस्तुको निकासी हँुदै आएका छन्। तीमध्ये चाउचाउ र बियर पनि छन्। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको २ सय ६८ टन चाउचाउ र पास्ता तथा ४० लाख १५ हजार रुपैयाँ बराबरको १ लाख ४ हजार २ सय ८० लिटर बियर भारत निकासी भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले जानकारी दिए।

‘अघिल्लो वर्षबाट चाउचाउ र बियर निकासी भइरहेको छ। यसरी नै अन्य वस्तु निकासी भइरहे व्यापार घाटा कम हुन्छ’, सूचना अधिकारी पौडेलले भने।

यस नाकादेखि सिद्धिविनायक स्न्याक्स एन्ड नुडल्स प्रालिबाट उत्पादित तयारी चाउचाउ एक वर्षदेखि भारततर्फ निकासी हुँदै आएको उद्योगका प्रबन्ध निर्देशक एवं सञ्चालक उज्ज्वल कसजूले बताए। उनले भने, ‘अहिले ५० ग्राम प्याकेटको चाउचाउ उत्तर प्रदेश र बिहारमा पठाइरहेका छौँ। माग राम्रो छ।’
यो खबर आजको अन्नपुर्ण पोष्टमा सलमान खानले लेखेका छन् ।

1

Scroll to Top