चैत्र १८, काठमाडौं ।
लकडाउनका समय बजार बन्द हुँदा आम सर्वसाधारणले सुलभ मूल्यमा सामान किन्न पाएका छैंनन् । सामान किन्न पाएपनि चर्कोमूल्य तिर्नु परेको अवस्था छ । यसलाई मध्यनजर गर्दे सरकारले सहुलियत पसल संचालनमा ल्याएको छ । र्
सरकारले उपत्यकाका विभिन्न स्थानमा खाद्यान्न बेच्न थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आज साल्ट ट्रेन्डिङ कर्पोरेशनले ललितपुर र काठमाडौंका विभिन्न स्थानमा खाद्य सामग्री बिक्री वितरण गर्दै छ । काठमाडौंको बालाजु, नेपालटार, मनमैंजु, गोढुंगा, फुटुङ्गा, नक्साल, भाटभटेनी, विशालनगर, चन्डोललगायतका क्षेत्रमा खाद्यान्न बिक्री वितरण भइरहेको मन्त्रालयले जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेनले ललितपुरको पाटनढोका, गुसिंगगाल, नागबहाल, कोबाहल, समेत सुपथ मूल्य पसर संचालनमा ल्याएको छ । साल्ट टेडिङले मोबाइल भ्यानमार्फत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्न लागेको हो ।


