Banijya News

वीरगन्ज–पथलैया औधोगिक करिडोरका उद्योग सञ्चालनमा स्थानियको अवरोध

1
1.1K Shares


कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै स्थानीय तहले नै अवरोध गरेपछि वीरगन्ज–पथलैया औधोगिक करिडोरका उद्योग सञ्चालनमा समस्या देखिएको छ । स्थानीयको अवरोध भएपछि उद्योगमा चहलपहल बढनु पर्नेमा त्यो भएन् ।
स्थानीय प्रशासनसँग अनुमति लिएर शनिबारदेखि सञ्चालनको आन्तरिक तयारी गरिरहेका करिडोरका उद्योग आइतबार पनि सुनसान देखिएको हो । करिडोरका ७५ प्रतिशत कर्मचारी र मजदुरहरु भारतीय भएकाले तत्काल लकडाउनले घर जान नसकेका कर्मचारी, मजदुर र स्थानीयलाई प्रयोग गरेर उद्योग सञ्चालन गर्ने उद्योगीले बताएपनि स्थानीयको अवरोधका कारण उद्योग संचालनमा समस्या आएको हो ।
उद्योगमा आउँने कर्मचारी, मजदुर देखि अन्य क्षेत्रको सम्पर्कले गर्दा स्थानीय क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै जितपुरसिमरा उपमहानगरपालिकाले नै सञ्चालनमा अवरोध जनाएको हो ।
शनिबार साँझ जितपुरसिमरा उपमहानगरका जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा प्रमुख, राजनीतिक दलका प्रतिनिधिसहित उद्योगका प्रतिनिधिलगायतको बैठकले तत्काल उद्योग सञ्चालन गर्न नहुने अडान निष्कर्षमा पुगेका थिए ।

बारा–पर्सा औद्योगिक करिडोरमा खाद्यन्न, पेयपदार्थ, औषधि र निमार्णजन्य गरी झण्डै ८ सय उद्योग छन् । अधिकांश उद्योगले प्रशासनसँग सञ्चालन अनुमति मागे पनि झन्झटिलो प्रक्रियाका कारण सञ्चालन उद्योग संचालन हुन सकेका छैनन्

1

Scroll to Top