Banijya News

विद्युतीय गाडीको भन्सार तथा राजश्व दर घटाइयो

1
1.2K Shares

काठमाण्डौ ।
सरकारले विभिन्न केही महत्वपूर्ण करको दरमा फेरबदल गर्दे आजैदेखि त्यस्को लागु गरेको छ । आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा १ बमोजिमका करका दर र अन्तशुल्क घटाउने निर्णय मन्त्रीपरिषद बैंठकले गरेको हो । बजेटमार्फत डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा बढाइएको विद्युतीय गाडीको भन्सार तथा राजश्व घटाइएको हो ।


त्यस्तै, सरकारले विभिन्न मन्त्रालयका अन्तर्गतका विभाग तथा परियोजनामा कर्मचारी भर्ना गर्ने भएको छ । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार विद्युतीय गाडीमा चालु वर्षको आर्थिक ऐनबाट ४० प्रतिशत भन्सार र क्षमताअनुसार अन्तःशुल्क ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म अन्तुशल्क लगाइएको थियो । बिहीबारको निर्णयअनुसार ३० प्रतिशत अन्तःशुल्क लाग्ने गाडीमा ८० प्रतिशत छुट दिइएको छ। यसैगरी विद्युतीय कारको क्षमताअनुसार छुटका फरकफरक दर कायम गरिएको छ । यसअनुसार ५० किलोवाटसम्म क्षमता भएका विद्युतीय कारमा अब ६ प्रतिशत मात्रै अन्तःशुल्क लाग्छ। मन्त्रिपरिषदको निर्णयअनुसार ५० किलोवाटसम्मकोलाई ८० प्रतिशत छुट दिइएको छ ।

त्यसैगरी ५१ देखि १०० किलोवाटसम्मका गाडीमा लाग्ने अन्तःशुल्कमा ७५ प्रतिशत छुट दिइएको छ । १०१देखि १५० किलोवाट क्षमताका गाडीमा ७० प्रतिशत र त्योभन्दा माथिका गाडीमा २५ प्रतिशत अन्तःशुल्क छुट दिने निर्णय गरेको छ ।

सरकारले गहुँ र मैदाको भन्सार दरमा एक तहको अन्तर कायम गर्ने निर्णय गरको छ । यसअनुसार अब गहुँ ५ प्रतिशत भन्सारमा नेपाल आयात हुनेछ । मैदामा १० प्रतिशत भन्सार छ । भारतबाट आयात हुने मैदा ९ प्रतिशत भन्सार दरमा नेपाल भित्रिन्छ । त्यस्तै केही औषधिको कच्चा पदार्थमा लाग्ने मूल्य अभिवृद्धि कर पनि हटाइएको छ । यसैगरी जलविद्युत आयोजनाको पेनस्टक पाइपको पातामा लाग्ने मूल्य अभिवृद्धि कर हटाइएको छ । जलविद्युत क्षेत्रका लगानीकर्ताले यो व्यवस्था हटाउन माग गर्दै आएका थिए ।

उद्योग वाणिज्य मन्त्रालय अन्र्तगत उद्योग विभागमा रहेको एकल विन्दू सेवाकेन्द्र र खानी विभाग अन्तर्गत रहेको पेट्रोलियम अन्वेषण परियोजना र ग्रामीण उद्यम तथा विप्रेषण आयोजनामा आर्थिक वर्ष २०७७÷७८ का लागि राजपत्राकिंत स्तरका २८ पदको दरबन्दी सिर्जना गर्ने बिहीबार बसेको मन्त्रीपरिषद बैठकले निर्णय गरेको बताएका छन् ।

1

Scroll to Top