Banijya News

देशको आर्थिक विकासका लागि निजी क्षेत्र विकासको ‘रियल एक्टर’ ः वरिष्ठ उपाध्यक्ष ढकाल

1
1.1K Shares

काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र भनेको देशको आर्थिक विकासका लागि ‘रियल एक्टर’ भएको बताएका छन् ।


वरिष्ठ उपाध्यक्ष ढकालले वीरगञ्ज उद्योग वाणिज्य संघको ४५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै निजी क्षेत्रले रोजगारी सिर्जना गर्नुका साथै राजस्वमा योगदान पु¥याउने र पूर्वाधार निर्माण तथा विकासमा मुख्य भूमिका खेल्ने भएकाले यो विकासको रियल एक्टर भएको बताएका हुन् ।


ढकालले कोभिडका कारणले दुई प्रतिशतको नेगेटिभ ग्रोथ भइरहेको अवस्थामा व्यवसायिक क्रियाकलाप बढाउने वातावरणका लागि नेपाल पछाडि रहेको तथ्यांक प्रस्तुत गरेका छन् । उनले उस्को लागि सुधारका लागि पहल गर्न सरकारसँग आग्रह पनि गरेका छन् । तीन तहको सरकारको मेकानिजम देशमा व्यावसायिक प्रमोट गर्ने हिसाबको हुनुपर्ने उनको भनाई रहेको छ ।

1

Scroll to Top