काठमाडौं– नेपाली बजारमा बुुधवार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँले बृद्धि भएको हो ।
यसअघि नेपाली बजारमा छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ । यसअघि एक हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार २३५ रुपैयाँ पुगेको छ ।


