नेपाल आयल निगमले इन्धनको मूल्य बृद्धि गरेसँगै हवाई भाडा पनि बढेको छ । निगमले आइतबार एक सूचना जारी गर्दै हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको थियो । यसैलाई आधार मानेर वायु सेवा सञ्चालक संघले एक सूचना जारी गर्दै आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेको गरेका छन् । आगामी जेठ ११ गतेदेखि लागू हुनेगरी बृद्धि भएको भाडा दर अनुसार अव काठमाण्डौदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँ पुगेको छ । काठमाण्डौ–नेपालगन्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ र विराटनगर ९ हजार ३२५ रुपैयाँ पुगेको छ ।
यसैगरी नयाँ भाडादरअनुसार काठमाण्डौ–जनकपुर ४ हजार २५० रुपैयाँ, भरतपुर ४ हजार ४३५ रुपैयाँ, पोखरा ६ हजार ३०५ रुपैयाँ रुपैयाँ, भैरहवा ७ हजार ८८० रुपैयाँ पुगेको छ ।


