सरकारले लुम्बिनी, पशुपति र जनकपुरलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गर्ने भएको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ ।
’बराहक्षेत्र, चतराधाम र रामधुनी क्षेत्र तथा कोशीटप्पु वन्यजन्तु आरक्षण समेटी बृहत् धार्मिक सांस्कृतिक पर्यटन केन्द्रको रुपमा विकास गर्न एकीकृत कार्यक्रम सञ्चालनमा ल्याइने छ’, राष्ट्रपतिद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा भनिएको छ ।


