Banijya News

नेपाल लाइफ इन्सुरेन्सको खुद नाफा १७ करोड ५७ लाख बढ्यो

1
1.1K Shares

नेपाल लाइफ इन्सुरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा खुद नाफा १७ करोड ५७ लाख रुपैयाँ पुगेको छ । यो वर्ष नोक्सानीको लागि व्यवस्था रकम घटेका कारण कम्पनीको खुद नाफा बढेको हो ।

गत वर्ष ७० लाख ३३ हजार रुपैयाँ पुगेको थियो । गत वर्ष १८ करोड ८ लाख ८९ हजार रुपैयाँ नोक्सानीको लागि व्यवस्थामा छुट्याएकोमा यो वर्ष यो रकम १ करोड ७१ लाख ७२ हजार रुपैयाँमा आएको हो । खुद बिमा शुल्क आर्जन १.९७ प्रतिशतले बढेर ९९ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

यसअवधिमा जीवन बिमा कोषको आकार भने १९.६४ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । कम्पनी को यो त्रैमासमा प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ १७ पैसाले बढेर ८ रुपैयाँ ५६ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३९ पैसा रहेको छ ।

1

Scroll to Top