Banijya News

साउन एक देखि सम्पुर्ण सरकारी भुक्तानी विद्युतीय प्राणालीमार्फत हुने

1
1.2K Shares

साउन १ गतेदेखि नेपालमा सार्वजनिक निकायबाट हुने सबै भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत हुने भएको छ। अर्थ मन्त्रालयले यसका लागि सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरिसकेको छ।

यो कदम आर्थिक वर्ष २०८२-८३ को बजेट वक्तव्यमा घोषणा गरिएअनुसार चालिएको हो, जहाँ अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक भुक्तानीलाई पूर्ण रूपमा विद्युतीय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। यसअघि केही सार्वजनिक निकायमा अझै पनि नगद र चेकमार्फत भुक्तानी हुँदै आएको थियो, जसलाई अब पूर्णतया अन्त्य गरिनेछ।

सरकारले यो व्यवस्थाले सेवा प्रवाहमा सहजता ल्याउनुका साथै आर्थिक पारदर्शितामा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरेको छ। यसबाट कर्मचारीको तलब–भत्ता, ठेकेदारको भुक्तानी, अनुदान, पेन्सन लगायतका सबै प्रकारका भुक्तानी अब अनलाइन प्रणालीमार्फत सिधै बैंक खातामा जम्मा हुनेछन्।

1

Scroll to Top