Banijya News

वर्णबास म्युजियम होटेलमा एनआरएन इन्फ्रास्ट्रक्चरको १२.५ करोड लगानी

1
1.9K Shares

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले वर्णबास म्युजियम होटेलमा रु. १२ करोड ५० लाखको रणनीतिक लगानी गरेको छ। यस लगानीसँगै कम्पनीले होटेलको जारी पुँजीको ९.०९ प्रतिशत (संस्थापक शेयरको १४.२ प्रतिशत) स्वामित्व प्राप्त गरेको छ।

नेपाल धितोपत्र बोर्डलाई सोमबार जानकारी गराइएअनुसार, एनआरएन इन्फ्रास्ट्रक्चरले होटेलको १० लाख संस्थापक शेयर प्रति कित्ता रु. १२५ को दरले खरिद गर्ने सम्झौता गरेको छ।

यो सम्झौताले एनआरएन इन्फ्रास्ट्रक्चरलाई वर्णबास म्युजियम होटेलको सञ्चालक समितिमा कम्तीमा एक जना प्रतिनिधि पठाउने अधिकार पनि दिएको छ। शेयर खरिद–बिक्री सम्बन्धी सम्झौता आइतबार भएको थियो।

सम्झौतापत्रमा होटेलका अध्यक्ष राजेन्द्र बजगाईं र एनआरएन इन्फ्रास्ट्रक्चरका प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले हस्ताक्षर गरेका छन्।

1

Scroll to Top