Banijya News

सर्वसाधारणकालागि १३ करोडको आईपीओ जारी गर्दै एसियन ब्याट्रीज

1
1.1K Shares

औधोगिक तथा उर्जा आत्मनिर्भरता क्षेत्रलाई प्रतिनिधित्व गर्ने एसियन ब्याट्रीज लिमिटेडले १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता सर्वसाधारण शेयर निष्काशन गर्ने भएको हो । जसका लागि कम्पनीले हिमालयन क्यापिटलसँग सार्वजनिक निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धि सम्झौता गरेको छ ।

सम्झौतामा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्काशक कम्पनी एसियन ब्याट्रीज लिमिटेडको तर्फबाट अध्यक्ष सुरेश लोहनीले हस्ताक्षर गरे ।

कम्पनीको जारी पूँजी ६५ करोड रहेकोमा कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १३ करोड रकम बराबरको १३ लाख कित्ता शेयरको सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको हो ।

नेपालको सूचना प्रविधि, कृषि तथा रियल इस्टेट क्षेत्रमा संलग्न प्रभावशाली व्यक्तिहरूद्वारा स्थापना गरिएको एसियन ब्याट्रीज लिमिटेडले छोटो समयमै गुणस्तरीय लिड–एसिड ब्याट्री उत्पादन गर्ने भरपर्दो नेपाली उत्पादकको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।
कम्पनीले नेपालमा हाल सवारीसाधन, विद्युतीय रिक्सा स्कुटर, मोटरसाइकल तथा सोलारमा प्रयोग हुने ब्याट्री उत्पादन गर्दै आएको छ । यस कम्पनीले विभिन्न किसिमको ब्याट्रीहरु प्रसोद्धन गरि लिड, अक्साइड उत्पादन गरी आन्तरिक बजारमा बिक्रि वितरण गर्दै आएको छ ।

कम्पनीले निकट भविष्यमा लिथिनियम ब्याट्री उत्पादन गर्ने र प्रयोग भई सकेको ब्याट्रीको पुन प्रसोद्दन गर्ने साथै नेपालकै सबैभन्दा विश्वासिलो र प्राथमिक पावर सोलुसन ब्रान्ड बन्ने उद्देश्य राखेको छ । यसले ग्राहकलाई गुणस्तरीय, भरपर्दो, वारेन्टीसहितका उत्पादन र छिटो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

नेपालमै निर्माण भएका एशियन ब्याट्रिजका उत्पादनहरू गुणस्तरमा अब्बल, प्रयोगमा सरल र मूल्यमा सुलभ छन् जसले घरायसी तथा व्यवसायिक दुवै प्रयोगकर्ताका लागि पूँजीगत खर्च र सञ्चालन खर्च घटाउन सहयोग गर्दछ ।

1

Scroll to Top