बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितो कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंकका तथ्याङ्कअनुसार गत आर्थिक वर्षको जेठसम्म बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितो कर्जाको प्रवाह ८० अर्ब २३ करोड रुपैयाँसम्म पु¥याएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वितरण भएको रकमभन्दा २२ अर्ब ६३ करोड रुपैयाँले बढी हो।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी कर्जास्वरुप ५७ अर्ब ५९ करोड ६० लाख रुपैयाँ वितरण गरेको थियो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले समग्रमा सुुनचाँदी कर्जा प्रवाह बढेको हो । गत आर्थिक वर्षको जेठसम्म वाणिज्य बैंकले सुनचाँदी कर्जास्वरुप ७४ अर्ब ९ करोड ८० लाख रुपैयाँ वितरण गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा २१ अर्ब ५२ करोड ३० लाख रुपैयाँले बढी हो ।
गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले सुनचाँदी कर्जास्वरुप ५२ अर्ब ५७ करोड ५० लाख रुपैयाँ वितरण गरेको थियो । वाणिज्य बैंक र विकास बैंकले सुनचाँदीमा कर्जा प्रवाह वृद्धिगर्दा वित्त कम्पनीहरुले भने घटाएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको जेठसम्म विकास बैंकले सुनचाँदी कर्जास्वरुप ५ अर्ब २७ करोड ४० लाख रुपैयाँ वितरण गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ अर्ब ३३ करोड ८० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले सुनचाँदी कर्जास्वरुप ३ अर्ब ९३ करोड ६० लाख रुपैयाँ वितरण गरेको थियो ।
गत आर्थिक वर्षको जेठसम्म वित्त कम्पनीहरुले सुनचाँदी कर्जास्वरुप ८ अर्ब ५८ करोड रुपैयाँ वितरण गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनाा २२ करोड ७० लाख रुपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले सुनचाँदी कर्जास्वरुप १ अर्ब ८ करोड ५० लाख रुपैयाँ वितरण गरेको थियो ।
बैंकहरूले सुन धितोमा राखी कर्जा प्रवाह गर्दा बजार मूल्यका आधारमा धितो मूल्यांकन गर्ने गर्छन्। बजारमा सुनको मूल्य घटबढ भइरहँदा मूल्यांकन समेत घटबढको अवस्था रहँदा यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी बढ्दै गएको बैंकले जनाएको छ। यतिबेला नेपाली बजारमा सुनको भाउ घट्ने र बढ्ने प्रक्रिया जारीे छ। सुनचाँदी धितो राखेर अधिकांश वाणिज्य बैंकले कर्जा दिँदै आए पनि सुनको भाउ बढ्दै जाँदा यसतर्फको लगानी बढाउदै लगेका छन् ।
सस्तो ब्याजदर तथा सहजै रुपमा पाइने भएका कारण सुनचाँदी धितोमा अधिकांशले कर्जा लिने गरेका छन्। सुन धितो राखेर कर्जा लिँदा बैंकहरूले बजार मूल्यको ५० देखि ७० प्रतिशत रकम दिने गरेकाले पनि यस्तो कर्जामा आकर्षण बढेको देखिन्छ । गत आर्थिक वर्षमा भने बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितो राखी ५८ अर्ब ४८ करोड रुपैयाँ कर्जा वितरण गरेका थिए भने पछिल्लो समय कर्जा वितरण बढेको देखिन्छ ।


