वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार ९ एजुकेसन कन्सल्टेन्सीलाई कारबाही गरेको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत बिहीबार ती कन्सल्टेन्सीलाई कारबाही गरी ६ लाख २ हजार रुपैयाँ जरिबाना तिराएको हो ।
विभागले काठमाडौं महानगरपालिका-२८ मा रहेको रिड एजुकेसन हब प्रालि, परसुट अब्रोड स्टडिज, इनोभा एजुकेसन कन्सल्टेन्सी र भक्तपुर नगरपालिका–४ को स्योउराई इन्टरनेसनल एजुकेसन प्रालिलाई समान १-१ लाख रुपैयाँ जरिबाना तिराएको जानकारी दिएको छ ।
यस्तै काठमाडौं महानगरपालिका-२८ मा रहेको प्यासन फाउन्डेसन प्रालि र काइट इन्टरनेसनल प्रालिलाई समान ५१-५१ हजार रुपैयाँ जरिबाना तिराएको छ भने भक्तपुर नगरपालिका-३ को आशीर्वाद ल्यांग्वेज प्रालि र काठमाडौं महानगरपालिका-१६ मा रहेको छाङमी एजुकेसन प्रालिलाई समान ५०-५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।


