Banijya News

दुई करोड २५ लाख रुपैयाँ घाटामा बुद्धभुमी नेपाल हाईड्रोपावर

1
1.1K Shares

बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको घाटा झनै बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड २५ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको घाटा १ करोड ४९ लाख रुपैयाँ थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १४ करोड ८८ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी घटेर १४ करोड ३७ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीले यो अवधिमा १३ लाख ९३ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

कम्पनीको कुल खर्च बढेको छ । कम्पनीले समीक्षा अवधिसम्ममा ७ करोड २६ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । अघिल्लो आवमा कम्पनीको कुल खर्च ६ करोड २७ लाख रुपैयाँ थियो ।

कम्पनीको वित्त खर्च भने घटेको छ । कम्पनीको वित्त खर्च ८ करोड ७५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको वित्त खर्च ९ करोड ५६ लाख थियो यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ १० करोड ४७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँबराबर रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)५.६५ रुपैयाँ ऋणात्मक ,प्रतिसेयर नेटवर्थ ७७.१४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४१.६४ रुपैयाँ र तरलता अनुपात ०.४३ प्रतिशत कायम भएको छ ।

1

Scroll to Top