Banijya News

‘नाडा अटो शो’मा बीवाईडी अट्टो २ सार्वजनिक

1
1.4K Shares

नेपालमा बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंकले अल–न्यू बीवाईडी अट्टो२ सार्वजनिक गरेको छ ।

कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको रुपमा रहेको ईभीलाई नाडा अटो शो २०२५ मा सार्वजनिक गरिएको हो । कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओली, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य तथा ब्रान्ड इन्डोर्सर अस्मी श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

बीवाईडी अट्टो २ ले सडकमा एसयूभीका साथ उपस्थित हुन चाहने युवा व्यवसायी र परिवारको जीवनशैलीलाई लक्षित गरी कम्प्याक्ट डिजाइन, सहज ह्यान्डलिङ र एसयूभीको व्यावहारिकता संयोजन गरेको दाबी कम्पनीको छ ।

गाडीमा बीवाईडीको प्रसिद्ध ब्लेड ब्याट्री, स्मार्ट इन–क्याबिन प्रविधि तथा प्रिमियम कम्फर्ट फिचर उपलब्ध छ, जसले यसको कम्प्याक्ट एसयूभी प्याकेजमा पनि ठूलो कारको अनुभूति दिलाउँछ ।

बीवाईडी अट्टो २ हाल नेपालमा ४३ लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध छ । गाडीमा सात किलोवाटको वाल–माउन्टेड चार्जरसमेत समावेश छ । कम्प्याक्ट र भर्सटाइल डिजाइनमा उपलब्ध बीवाईडी अट्टो २ मा दमदार एसयूभीको सुविधा उपलब्ध छ ।

४,३१० एमएम लम्बाइ, १,८३० एमएम चौडाइ, १,६७५ एमएम उचाइ र २,६२० एमएम ह्विलबेससहित २०० एमएम ग्राउन्ड क्लियरेन्स भएकाले सहर तथा सहरोन्मुख सबै नेपाली सडकका लागि उपयुक्त रहेको कम्पनीले बताएको छ ।

बीवाईडी अट्टो २ ले सिंगल चार्जमा तीन सय ४५ किलोमिटरको ड्राइभिङ रेन्ज दिन्छ । गाडीमा डायनामिक एक्स्टेरियर डिजाइनमा फुल एलईडी हेडलाइट, एलईडी डे टाइम रनिङ लाइट, फ्लोटिङ रुफलाइन र एलईडी टेललाइट बार समावेश छ ।

1

Scroll to Top