Banijya News

माछापुच्छ्रे बैंकले आठ प्रतिशत लाभांश दिने

1
1.3K Shares

माछापुच्छ्रे बैंकले सेयरधनीलाई आठ प्रतिशत लाभांश दिने भएको छ । गएको शुक्रबार (भदौ १३) बसेको बैंक सञ्चालक समितिको बैठकबाट आर्थिक वर्ष ०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चार प्रतिशत बोनस र कर प्रयोजनको चार प्रतिशत नगद लाभांश दिने घोषणा गरिएको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आउँदो वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

1

Scroll to Top