रुपन्देही क्षेत्र नं ३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लेखजङ्ग थापाले पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार सम्मेलन आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।
थापाले आगामी उपनिर्वाचनसँग सम्बन्धित रणनीति, एजेण्डा र अभियानबारे सार्वजनिक रूपमा जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेका हुन् । रास्वपाका केन्द्रीय नेताहरूको समेत उपस्थिति रहने सो कार्यक्रममा उम्मेदवार थापाले आफ्नो चुनावी दृष्टिकोण प्रस्तुत गर्ने बताइएको छ ।


