Banijya News

एसवाई प्यानलले आईपीओ निष्कासन गर्ने बोर्डबाट पायो अनुमति

1
1.3K Shares

एसवाई प्यानल लिमिटेडले आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डबाट भदौ १७ गते अनुमति पाएको हो ।

धितोपत्र बोर्डले कम्पनीलाई ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको रु. १०० अंकित दरका ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओृ निष्कासन गर्न स्वीकृती दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

1

Scroll to Top