Banijya News

एकैदिन २ हजारले बढ्यो सुनको भाउ

1
1.3K Shares

बुधबार पनि सुनको भाउ बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा २ हजारले बढेको हो । हिजो २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै हिजो नयाँ रेकर्ड राखेको चाँदीको भाउ आज भने तोलामा ५ रुपैयाँले घटेको छ । यो सँगै आज चाँदी २४८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको देखिन्छ।

1

Scroll to Top