आबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेले आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष आरबिबि फोकस ४० को इकाई निष्कासन गरेको छ । कम्पनीले आजदेखि सार्वजनिक निष्काशन गरेको हो।
आरबिबि मर्चेन्ट बैंकिङ्गले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड आरबिबि फोकस ४० को इकाई बिक्रीमा ल्याउन लागेको हो।यससमध्ये न्यूनतम १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि रहेको छ ।
न्यूनतम १० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
सो योजनामा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन सकिने छ। निष्काशन बन्द छिटोमा भदौ २२ गते हुनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा असोज १ गतेसम्म निष्काशन अवधि लम्बिन सक्छ।


