Banijya News

कोरियाको ई–७ भिसा प्रमाणीकरण कार्य अन्योलमा

1
1.2K Shares

कोरियाको ई–७ भिसा प्रणालीमार्फत नेपाली युवा कोरिया पठाउन सिउलस्थित नेपाली दूतावासमा प्रमाणीकरण कागजात प्रक्रिया नपुर्‍याई पेस भएपछि उक्त कार्य अघि बढ्न सकेको छैन । दूतावासले एक सूचना जारी गरी हालसम्म पेस भएका रोजगारदाताका मागपत्र कोरियाको सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधिअनुसार पेस नभएको जनाउँदै प्रमाणीकरण नभएको जनाएको हो । दूतावासले कार्यविधिअनुसार पेस भएका प्रमाणीकरण अध्ययन गरेर अविलम्ब कार्य गर्ने जनाएको छ ।

दूतावासका एक अधिकारीले हालै पेस भएको एक मागपत्रमा कोरियाको श्रम मन्त्रालयबाट अनुमति विना पेस भएपछि दूतावासले थप कागजात माग गरेको बताए । यसैगरी अर्को एक मागपत्रमा रोजगारदाताको पूर्ण विवरण नै पेस नगरी प्रमाणीकरणका लागि आएको दूतावासले जनाएको छ । यसरी कोरियाको ठूलो रोजगारदाता मानिएको हान्वा कम्पनीले भने नेपाली कामदार माग गर्ने जनाउँदै छलफलका लागि रुचि देखाएको दूतावासले जनाएको छ ।

दूतावासका एक अधिकारीले ई–७ भिसाका मागपत्र प्रमाणीकरणका निवेदन पेस हुने तर, कार्यविधिअनुसार नरहेका कारण काम अघि बढन नसकेको जनाए । ती अधिकारीका अनुसार कोरियामा हाल मन्दीको अवस्था रहेका कारण पनि माग नआएको बताए । मागपत्र प्रमाणीकरणका लागि विधिपूर्वक निवेदन पेस भए कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधिअनुसार प्रमाणीकरण हुने दूतावासले जनाएको छ ।

कार्यविधिको परिच्छेद–२ मा उल्लेख गरिएको ‘विशेष योग्यता’ पूरा भएका इजाजत प्राप्त संस्थाहरुले कार्यविधिकै परिच्छेद २ को दफा ५ क मा उल्लेखित कागजातहरु संलग्न गरी माग पत्र राजदूतावासमा पेस गर्नु पर्नेछ । सो दफामा मागपत्र प्रमाणीकरणका लागि रोजगारदाता कम्पनी दर्ता प्रमाणपत्र, कम्पनीको प्रोफाइल, कार्य सञ्चालन अनुमतिपत्र, प्रतिनिधि भए प्रतिनिधित्वको वारेसनामा पेस गर्नु पर्ने कार्यविधिमा उल्लेख छ ।

1

Scroll to Top