Banijya News

राजस्व संकलन लक्ष्यभन्दा ५९ अर्ब ७५ करोड कम

1
1.3K Shares

चालु आर्थिक वर्ष ०८२/८३ को भदौसम्म एक खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । भदौ महिनामा मात्रै ९४ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। तर भदौ महिनामा ७३ अर्ब रूपैयाँ सकंलन भएको छ।

चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा राजस्व घटेको छ। गत वर्ष साउन र भदौ महिनामा एक खर्ब ६९ अर्ब रूपैयाँ राजस्व संकलन भएको थियो।

गत आर्थिक वर्ष ०८१/८२ को भदौ महिनासम्म दुई खर्ब १३ अर्ब३६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा एक खर्ब ६९ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

साउन महिनाको राजस्व विवरण व्यावसायिक संस्थाले भदौ २५ गतेसम्म बुझाउनुपर्ने व्यवस्था छ । तर, भदौ २३ र २४ गतेको ‘जेनजी’को प्रदर्शनका कारण धेरै व्यवसायीहरूले राजस्व बुझाउन पाएनन् ।

हालसालैको आन्दोलनको कारण करदाताले कर तथा कर विवरण बुझाउन नपाएको कारण सरकारले समय थप गरेको छ।

अर्थ मन्त्रालयले २०८२ साल साउन महिनाको कर अब २०८२ असोज ५ गतेसम्म बुझाउन सकिने निर्णय गरेको हो। अर्थमन्त्रालयका अनुसार करदातालाई कर तिर्ने समय थप्नुका साथै करदातालाई विलम्ब शुल्क, ब्याज, दण्ड र जरिवाना पनि नलाग्ने व्यवस्था मिलाएको छ।

यस्तै, २०८२ साउन महिनाको करः आयकर, मूल्य अभिवृद्धि कर र आर्थिक ऐनबमोजिम बुझाउनुपर्ने शिक्षा सेवा शुल्कको विवरण र दाखिला पनि २०८२ असोज ५ गतेसम्म बुझाउन सकिनेछ।

1

Scroll to Top