चाडपर्वको मुखमा देशकै ठूलो औद्योगिक करिडोर पर्सा-बारा औद्योगिक करिडोरमा विद्युतको चरम अभाव सुरु भएको छ। दुई साताअघि नेपाल विद्युत प्राधिकरणको परवानीपुरस्थित भलुही सबस्टेशनमा भएको आगलागीपछि करिडोरका उद्योगले नियमित रुपमा विद्युत पाउन सकेका छैनन् ।
चाडपर्वमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री जस्ता वस्तुको पनि माग तुलनात्मक रुपमा वृद्धि हुन्छ । यस्तो अवस्थामा उद्योगले नियमित भन्दाबढी वस्तु उत्पादन गर्नुपर्छ। तर उद्योगको प्रमुख कच्चा पदार्थ मानिने विद्युत आपूर्तिनै आंशिक अवरोध भएको छ भने उपलब्ध विद्युत पनि गुणस्तरहीन छ । यस्तो अवस्थामा उद्योगीहरुलाई निर्वाध उद्योग सन्चालन गर्न समस्या भएको छ ।


