Banijya News

बाढी, पहिरो र डुबानले अवरुद्ध विद्युत् आजै चालु हुने

1
1.2K Shares

ऊर्जा मन्त्री कुलमान घिसिङले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत् आजैबाट चालु हुने बताएका छन्।

केही ठाउँमा विद्युत्‌का पोल बगाएको, केही ठाउँमा डुबानका कारण अवरुद्ध विद्युत् आजै बेलुकासम्म चलाउने गरी काम भइरहेको उनको भनाइ थियो।

आइतवार सिंहदरवारमा पत्रकार सम्मेलन गरी मन्त्री घिसिङले लोडसेडिङ हुनुपर्ने कुनै पनि अवस्था नरहेको पनि स्पष्ट पारे। उनले पर्याप्त विद्युत् जगेडा भएकाले नेपालमा लोडसेडिङ हुनुपर्ने कारण नरहेको स्पष्ट पारे।

मन्त्री घिसिङले विद्युत्‌को वितरण प्रणालीमा देखिएको समस्या पनि आजै समाधान हुने बताए।

1

Scroll to Top